प्रोजेक्ट सारंगी फाउण्डेसनले सारंगी सिक्नेहरूका लागि सुरू गरेको तीन महिने तालिम सकिएको छ।
७० जना विद्यार्थीले तीन महिनादेखि सांरगी सिक्दै आएका थिए।
शनिबार पाटन दरबार स्क्वायरमा भएको समापन कार्यक्रममा ती विद्यार्थीले प्रस्तुति दिएका थिए। कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेश सभा सदस्यहरू उपस्थित थिए।
फाउण्डेसनले काठमाडौं उपत्यकाका ६ नगरपालिकाका विभिन्न सरकारी विद्यालयमा गएर तालिम सिकाउने गरेको थियो। फाउण्डेसनले कीर्तिपुर, दक्षिणकाली, मध्यपुर ठिमी, सूर्यविनायक, चाँगुनारायण, महालक्ष्मी ६ सरकारी विद्यालयका दश छात्र/छात्रालाई सारंगी सिकाउँदै आएको थियो।
तस्बिरहरू: