काठमाडौंको माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन्।
शुक्रबार दिउँसो काठमाडौंको रत्नपार्कबाट र्याली निकालेर भद्रकाली मन्दिरसम्म प्रदर्शन गरेको हो।
बृहत् नागरिक आन्दोलन, शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू, मृतक आरती साहका पक्षधरहरूले आन्दोलन गरेका हुन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो। त्यसयता शान्तिबाटिकामा प्रदर्शन हुँदै आएको छ। तर यसरी प्रदर्शन गर्ने ठाउँहरूमा निषेधित तोकेर वाक स्वतन्त्रता हनन भएको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: