शिख धर्मावलम्बीहरूले आफ्नो गुरूको जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
शिख धर्मका प्रवर्तक गुरू नानकको आज ५५४ औं जन्मजयन्ती हो।
आजको दिनलाई गुरू नानक प्रकाशोत्सव र गुरू पर्व पनि भनिन्छ। यसै अवसरमा कुपण्डोलको गुरूद्वार गुरू नानक संत्सगमा गुरू नानक जयन्ती मनाइएको छ।
यस दिन पवित्रस्थल गुरूद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरू नानकको जन्मजयन्ती मनाउने गरिन्छ।
तस्बिरहरू: