मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरहरूको सिफलचौरमा प्रदर्शन जारी छ। जारी प्रदर्नशमा दुर्गा प्रसाईंले भाषण गरिरहेका छन्।
प्रदर्शनमा आएकाहरू भने बिस्कुट र पानी खाएर उनको भाषण सुनिरहेका छन्। वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुने आशामा आफूहरू प्रदर्शनमा आएको उनीहरू बताइरहेका छन्।
प्रशासनले प्रदर्शनका लागि सिफलचौर तोकिदिएपछि प्रसाईं पक्षधरहरू शनिबार बिहानैदेखि सिफलचौर भेला भएका थिए।
‘नागरिक बचाउ अभियान’को नेतृत्व गर्दै आएका प्रसाईं पक्षधरले बिहीबारदेखि प्रदर्शन सुरू गरेका हुन्।
बिहीबार उनीहरूले बल्खुमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। दोस्रो दिन, शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले धरपकड गरेको थियो।
बिहीबारको तुलनामा आज प्रदर्शनकारीको संख्या घटेको छ।
यो पनि:
दुर्गा प्रसाईंको माग पूरा गर्न लाग्छ १५ खर्ब, कहाँबाट ल्याउने त्यो पैसा?
तस्बिरहरू: