चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
समितिले निरंकुश, स्वच्छाचारी, चिकित्सा शिक्षा ऐन संशोधन गर,सिटिइभिटीको तुरून्त पुनर्संरचना गर, प्रि-डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको स्तरोन्नति गरी तत्काल भर्ना खोल, आयोग र सिटिइभिटीको बदनीयतले बन्द भएका नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोललगायत माग राखेर उनीहरू धर्नामा बसेका हुन्।
यसका साथै, उनीहरूले विभिन्न प्लाकार्ड बोकेर प्रदर्शन गरेका छन्। उनीहरूले थाल ठटाएर, सिठ्ठी फुकेर नारा लगाएका थिए।
तस्बिरहरू: