काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गस्थित पर्यटन भवन नजिकैको टहरामा डोजर चलाएको छ।
मंगलबार प्रदर्शनी मार्गमा भएका अनधिकृत टहरामा डोजर लगाएको नगर प्रहरीका इन्स्पेक्टर निरकुमार बस्नेतले जानकारी दिए।
'राष्ट्रिय सभा गृहको विपरीत दिशामा केही टहराहरू छन्,' उनले भने, 'तिनै टहराहरू भत्काइएको हो।'
पछिल्लो समय महानगरपालिकाले विभिन्न अनधिकृत संरचना हटाउने अभियान चलाएर काम गर्दै आएको छ।
तस्बिरहरू: