ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर महादेवमा बिहानैदेखि भक्तजनको भीड छ।
जनैपूर्णिमाको अवसरमा यहाँ बर्सेनि मेला लाग्छ। बिहानै जनै फेर्न र नाडीमा डोरा बाँध्न भक्तजनहरू मन्दिर पुगेका थिए।
हिन्दु धर्मावलम्बी मात्र होइन, कुम्भेश्वर महादेवमा बौद्ध धर्मावलम्बी झाँक्रीहरू पनि मेला भर्न आउँछन्।
देशका विभिन्न ठाउँबाट आएका झाँक्रीहरू नाच्दै मन्दिर परिसरमा रहेको कुण्डको परिक्रमा गर्छन्।
यसो गर्नाले प्रसन्नता बढ्ने र झाँक्री विद्यामा थप सफलता मिल्ने उनीहरूको विश्वास छ।
बौद्ध धर्मावलम्बी झाँक्रीहरू कुम्भेश्वरमा मात्र होइन गोसाइँकुण्डलगायत देशका विभिन्न कुण्डहरूमा पुग्छन्। कुण्ड वरपर लुङदर टाङ्ने तथा झाँक्रीसहित नाच्दै कुण्डको परिक्रमा गर्छन्।
तस्बिरहरूः