लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिन नेकपा एमालेले सरकारसँग माग गरेको छ।
देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिनुपर्ने एमालेले बताएको हो।
एमाले काठमाडौं महानगर कमिटीले बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गरेको हो।
लम्पी स्किनले गाई-गोरू मर्ने क्रम बढ्दो छ।
तस्बिरहरू: