गथामुग: चह्रेको दिन पाटनमा मिप्वा: लाखे नाच सुरू भएको छ।
शनिबार परेको चह्रेमा ललितपुरको पाटनमा मिप्वा: लाखे नाच देखाइएको हो।
काठमाडौं उपत्यकामा गथामुगः चह्रेदेखि लाखे नाच सुरू हुन्छ। यो नाच पाटनमा सोमबारसम्म देखाइन्छ।
येँया पुन्ही अर्थात् इन्द्रजात्रासम्म भने विभिन्न पर्वहरूमा देखाइन्छ। यो एक महिनाको बीचमा लाखे नाच सहरका गल्ली र सडकहरूमा नाच देखाइन्छ।
पाटनमा देखाइने मिप्वा: लाखे अन्तको भन्द फरक छ। काठमाडौं उपत्यकाका विभिन्न लाखेमध्ये पाटनमा मात्र नचाइने यो विशेष स्वरूपको लाखे हो। आगोसँग खेल्ने यो लाखेलाई ‘मिप्वाः लाखे’ भनिन्छ।
नेपाल भाषामा मिप्वाः भन्नाले छ्वालीको मुठो बाल्दा निस्कने आगोको ज्वाला बुझिन्छ। लोप हुन लागेको यो नाच पछिल्लो समय पाटनका युवाहरूले २०७३ सालमा पुन: उत्थान गरेका हुन्।
यो पनि: लाखेका कथा- उनी नेवार होइनन्, को हुन्?
रातको अँध्यारोमा प्रेमिका भेट्न हातमा आगो बालेर आउने लाखे
तस्बिरहरू: