कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका छन्।
उनलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको छ।
सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्किएका कामिरितालाई शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन्।
फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्।
यसअघि २७ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो।
उनको त्यो रेकर्ड पासाङ दावा शेर्पाले सोमबार बिहान तोडिदिएका थिए। आफ्नो विश्व कीर्तिमान तोडिएपछि कामिरिता फेरि सगरमाथाको चुचुरोमा पुगेका थिए।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा कामिरिता २४ वर्ष थिए।
तस्बिरहरू: