झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको बुधबारे हटियामा नगरपालिकाले डोजर चलाएको छ।
सार्वजनिक सम्पतिको अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन भएपछि नगरपालिकाले सोमबार डोजर चलाएको हो।
नगरपालिकाको स्वामित्वभित्र रहेको जग्गा खाली गराउन डोजर चलाइएको हो।
बजारको पूर्व भागबाट डोजर चलेपछि व्यापारीहरूले पसलमा रहेका सामान झिकेर लगेका छन्। यहाँ करिब ४० वटा टहरा थिए।
नगरपालिकाले यसअघि पटक–पटक लिखित, मौखिक र सूचना जारी गर्दा व्यवसायीले टहरा खाली गर्न अटेरी गरेका थिए। उनीहरूले विकल्प दिएर मात्र टहरा भत्काउनुपर्ने बताइरहेका थिए।
नगरपालिकाले ३ वटा डोजर बुधबारे हटियामा चलाएको हो।
बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिको आज बिहान बसेको बैठकले टहरा खाली गराउने निर्णय गरेको थियो।
यो स्थानमा बहुउद्देश्यीय व्यवसायिक भवन बनाउने तयारी छ, लगानी भने ९० प्रतिशत नगर विकास कोषले गर्नेछ।
प्रमुख प्रसाशकीय अधिकृत विनोद न्यौपानेले भवन बनाउन नगर विकाष कोषले प्रतिबद्धता जनाइसकेको बताए।
तस्बिरहरू:







