किरात राई समुदायले आज उभौली पर्व मनाएका छन्।
भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदैछ।
बाली लगाउनुअघि प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।
गर्मी बढ्ने भएकाले यो समुदाय बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने हो।
उँभौलीको अवसरमा आज काठमाडौंमा भने कोशी नामको विरोध भयो। प्रदेश १ को नाम फागुन १७ गते कोशी राखेपछि विरोध भइरहेको छ।
प्रदेशको नाम कोशी खारेज गर, ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामांकन गर्न उनीहरूले माग गरेका हुन्।
किरात याक्थुङ चुम्लुङ ललितपुर, फक्ताङलुङ साँस्कृतिक मञ्च, याक्थुङ युवा मञ्चलगायतले आज बानेश्वरमा कोशी नाम खारेजीको मागसहित प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: