हामीमध्ये कतिपयले आगोले हात वा शरीरका कुनै अंग थोरै जल्दा पनि टुथपेस्ट, टमाटरजस्ता चीजहरू प्रयोग गर्छौं। अझ गाउँघरतिर त आगोले पोलेको ठाउँमा गोबर वा माटो लगाउने चलन पनि छ।
चिकित्सकहरूले भने पोलेको ठाउँमा यस्ता कुरा लगाउनु हानिकारक हुने बताएका छन्।
त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी तथा बर्न विभागका प्रमुख डाक्टर जयनमान श्रेष्ठले जलेको ठाउँमा गोबर, माटो, टमाटर वा टुथपेस्टजस्ता कुरा लगाउनाले बाहिरी संक्रमणको जोखिम हुने र घाउ थप फैलिने बताए।
‘कसै-कसैले पोलेको ठाउँमा टुथपेस्ट, गोलभेँडा, गोबर र टमाटर पनि लगाउने गर्नुहुन्छ। तर त्यो गर्नुहुँदैन। किनभने त्यसले घाउमा बाहिरी किटाणुहरू पस्ने र संक्रमण झनै बढ्ने अवस्था हुन्छ,’ उनले भने।
पोलेको ठाउँमा बराम्बर छुने, चलाउनेजस्ता कार्य पनि गर्न नहुने डाक्टर श्रेष्ठ बताउँछन्।
आगोले शरीरको कुनै ठाउँमा पोल्यो भने के-के कुरा ख्याल गर्ने त?
हेर्नुस् सेतोपाटीले डाक्टर श्रेष्ठसँग कुराकानी गरेर तयार पारेको यो भिडिओः