अंग्रेजी वर्ष सन् २०२२ शनिबारबाट बिदा भएर नयाँ वर्ष २०२३ सुरू भएको छ। यस वर्ष विश्व राजनीतिमा महत्त्वपूर्ण घटना भए।
विश्वकप फुटबलको उपाधि २६ वर्षपछि अर्जेन्टिनाले जित्यो। युक्रेन-रसिया युद्ध, इरान आन्दोलन, चीन-ताइवान तनाव, महान् फुटबलर पेले र बेलायती महारानी एलिजाबेथको निधनलगायतका घटना भए।
यस्तै सन् २०२२ लाई कोभिड महामारीबाट मुक्त वर्षका रुपमा हेरिए पनि यस वर्षको अन्त्यतिर चीनमा पुनः कोरोना संकट देखापरेको छ।
यता वर्ष २०२२ नेपालको राजनीतिक क्षेत्रका लागि निकै महत्त्वपूर्ण रह्यो। यो वर्ष तीनवटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो। निर्वाचनमा नयाँ दलहरूको उदयदेखि मतदाताले मतदानमार्फत आफ्ना रोजाइका जनप्रतिनिधि छनोट गरे।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार बन्यो, नयाँ गठबन्धन बन्यो। पहिलेको सत्ता गठबन्धनमा एकाएक फेरबदल आयो। यस्तै यसै वर्ष संस्कृतिविद सत्यमोहन जोशीको निधन भयो।
सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘सन् २०२२ लाई फर्केर हेर्दामा प्रस्तुत गरेको छ।
हेर्नुहोस् तस्बिरमा सन् २०२२ लाई फर्केर हेर्दा
कोरोना भाइरसको संक्रमणपछि सरकारले सार्वजनिक सेवा लिन कोरोना भाइरसविरूद्धको खोप अनिवार्य गरेसँगै टेकु अस्पतालमा खोप लगाउनेको भिड तस्बिरः नवीनबाबु गुरूङ
माधवनारायण मेलामा सहभागी भक्तजनहरूः तस्बिरः नवीनबाबु गुरुङ
नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालले नयाँ बानेश्वरमा तत्कालिन सभामुखको विरोध गर्दै गत फागुन ३ गते सडकलाई नै संसद बनाएर संसदीय अभ्यासको नमूना प्रदर्शन गर्दै। तस्बिरः नवीनबाबु गुरुङ
गत फागुन ८ गते सरकारले प्रतिनिधि सभामा एमसिसी पास गर्ने भएपछि विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको दोहोरो झडपका क्रममा प्रहरीमाथि ढुंगा प्रहार गर्दै आन्दोलनकारी। तस्बिरः नवीनबाबु गुरुङ
गत चैत १९ गते ब्यवसायीले आयल निगमसँग आफ्ना माग राखेर ढुवानीसेवा बन्द गर्ने र भारतबाट पेट्रोलको मुल्य बढेर आएपछि एक्कासी पेट्रोलको मुल्य बढ्ने भयले पेट्रोलपम्पमा लाइन बसेका सर्वसाधारण। तस्बिरः नवीनबाबु गुरुङ
गत चैत २० गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट नेपाली रेल सेवाको शुभारम्भ गरेपछि भारतको जयनगरबाट छुटेको रेल जनकपुर आउँदैगर्दा। तस्बिरः नवीनबाबु गुरुङ
साझा यातायातले ल्याएको विद्युतीय बस सञ्चालनमा। तस्बिरः निशा भण्डारी
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा। तस्बिरः निशा भण्डारी
नेपाल प्राइड परेड २०२२ मनाउँदै युवाहरु। तस्बिर निशा भण्डारी
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रामा सहभागीहरू। तस्बिरः नवीनबाबु गुरुङ
वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशीको १०३ वर्षको जन्मोत्सव मनाउँदै। तस्बिरः निशा भण्डारी
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गर्दै। तस्बिरः निशा भण्डारी
ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा निर्वाचित मन्जली जितपछि खुसियाली मनाउँदै। तस्बिरः निशा भण्डारी
गत असर १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) को दृश्य। विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्वअभ्यास गरिएको थियो। तस्बिरः नवीनबाबु गुरुङ
गत असार २७ गते खानीखोला क्षेत्रमा देखिएको लामो सवारी जाम। तस्बिरः नवीनबाबु गुरुङ
गत असारमा धादिङको गल्छी र गजुरी गाउँपालिकाको बेल्खु खोला र त्रिशुली दोभानमा वालुवा झिक्दै गरेका मानिसहरू। तस्बिरः नवीनबाबु गुरुङ
किराँत समुदायको मौलिक सांस्कृतिक पर्व उधौंलीका अवसरमा परम्परागत पोशाकमा भेटिएका एक युवा। तस्बिरः निशा भण्डारी
गत साउनमा काठमाडौंको काँडाघारीस्थित बस्तीमै बाढी पसेपछि। तस्बिरः नवीनबाबु गुरूङ
जेष्ठ १५ गते बिहान मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउने १० जनाको शव काठमाडौं ल्याउँदै नेपाली सेना। तस्बिरः निशा भण्डारी
काठमाडौंको कालिमाटी र टेकु जोड्ने बिष्णुमती नदीमाथि रहेको दुई पुल। जहाँ एउटा पुरानो पुलमा सवारी चाप बढीरहेको छ भने नयाँ पुल प्रयोग बिहिन छ। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
तिहारको लक्ष्मीपूजाको दिन देखिएको काठमाडौंको झिलीमिली। तस्बिरः नवीनबाबु गुरुङ
सताब्दीपुरूष सत्यमोहन जोशी १०३ वर्षको उमेरमा असोज ३० गते निधन भएको हो। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गत कात्तिक ८ काठमाडौंबाट देखिएको खण्डग्रास सूर्यग्रहण। अपरान्ह ४ बजेर ५२ मिनेटमा सूर्यलाई ग्रहणले छोएको थियो। ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण हटेको थियो। तस्बिरः नवीनबाबु गुरुङ
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पुस ७ गते शपथ लिँदै। ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन्। तस्बिरः नवीनबाबु गुरुङ
कांग्रेस संसदीय दलको निर्वाचनमा शेर बहादुर देउबा र गगन थापा। तस्बिरः निशा भण्डारी
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथग्रहण गर्दै। तस्बिरः नवीनबाबु गुरुङ
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री कार्यालमा कार्यभार सम्हाल्न जाँदै। तस्बिरः निशा भण्डारी