बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी 'एयरबस ३३०' जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाजले 'अप्रेसनल पफर्मेन्स टेस्ट फ्लाइट' गरेको हो।
बिहीबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५ बजेर ५५ मिनेटमा भैरहवा अवतरण गरेको थियो। अवतरण हुँदा विमानस्थल वरपर जहाज हेर्न मानिसहरू भेला भएका थिए।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार आगामी जेठ २ गतेदेखि जजिरा एयरले उक्त विमानस्थलबाट साताको तीन दिन उडान भर्ने छ।
बाँकी एयरलाइन्स कम्पनीहरू पनि उडान गर्न इच्छुक रहेको उल्लेख गर्दै दाहालले दुई-चार महिनाभित्रै दैनिक १० वटा उडान हुने जनाए।
हेर्नुस् सेतोपाटीले भैरहवा पुगेर तयार पारेको यो भिडिओः