बांगोटिंगो दाँत मिलाउने विभिन्न तरिका हुन्छन्। दाँत मिलाउन विभिन्न तरिकाले तार बाँध्न सकिन्छ। दाँत बाँधेर दाँतलाई आकर्षक बनाउन सकिन्छ।
यस्तै दाँतको नाप लिएर प्लाष्टिकको ट्रे जस्तो बनाउन सकिन्छ। यसलाई ल्याबले कम्प्युटराइज सिस्टमबाट बनाइएको हुन्छ। बिरामी आफैंले समेत यसलाई निकाल्न सक्छन्।
दाँत मात्रै बांगोटिंगो छ भने तार लगाएर सिधा बनाउन सकिन्छ। तर हड्डीमै समस्या छ भने अलि कठिन हुन्छ। सानै उमेरमा आएमा अलि सजिलोसँग उपचार गर्न सकिन्छ। उमेर धेरै भएको अवस्थामा भने सर्जरीनै गर्नुपर्छ।
दुधे दाँत निकाल्ने समयमा दाँत निस्किएन भने दाँत बांगोटिंगो हुन्छ किनकि, तलबाट आउने दाँत आफ्नो समयमा आएरै छोड्छ।
दाँत किराले खायो भनेर समयभन्दा छिटो दाँत निकाल्दा पहिलेकै दाँत पनि आउँछ र फेरि नयाँ आउने दाँत आउँछ। पछि आउने दाँतले ठाउँ पाएन भने तल माथिबाट आउनसक्छ। यस्तो अवस्थामा स्वभाविक रूपमा दाँत बाङ्गो हुन्छ। दाँत चाडो निकाल्न पनि हुँदैन र ढिलो निकाल्न पनि हुँदैन।
सुरूमा दुधे दाँत आउँछ। त्यो बेलामा केही खाली हुन्छ। पछि आउने दाँत अलिक ठूलो हुन्छ। त्यस्तो अवस्थामा दाँतले ठाउँ पाउँछ। कतिपय अवस्थामा दुधे दाँतको बीचमा खाली ठाउँ नहुँदा पछि आउने दाँत अलि ठूलो हुन्छ,त्यस्तो बेलामा दाँत बांगोटिंगो आउन सक्छ।
बांगोटिंगो दातमा ब्रस गर्दा राम्रोसँग सफा हुँदैन। फोहोर जम्मा भएर बस्छ। त्यसले गर्दा गिजा, हड्डीमा समस्या हुन्छ। दाँत हल्लिन्छ जसले गर्दा पछि दुःख हुन्छ।
दाँत-दाँतको बीचमा ग्याप हुने समस्या पनि हुन्छ। त्यस्तै हाँस्दा गिजा देखिने समस्या समेत छ। हामी त्यसको समेत उपचार गर्छौ।
बाङगो-टिङ्गो दाँत मिलाउने प्रक्रिया लामो हुन्छ। यो झण्डै २ वर्षे प्रक्रिया हो। त्यसैले यो प्रविधि अलि महंगो जस्तो सुनिन्छ। तर दुई वर्षको समय गणना गर्ने हो भने धेरै महंगो पर्दैन।
यीनै विषयमा केन्द्रीत रहेर समाज डेन्टल अस्पतालमा कार्यरत दाँत रोग विशेषज्ञ डाक्टर सुम्निमा शर्मासँग हामीले भिडिओ कुराकानी गरेका छौ। हेर्नुहोस् भिडिओ