अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ।
उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर-घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ।
ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ।
बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संघ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ। रासस