भारतमा बुधबार जमिनमा आइपुगेको यास सामुद्रिक आँधीले बितन्डा मच्याएको छ। बुधबार दिउँसो जमिनमा आइपुगेको आँधीका कारण १३०देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको थियो। हावा र भारी वर्षाले पश्चिम बंगाल र उडिसाको जनजीवन अस्तव्यस्त भएको छ।
वर्षा र हावाले कैयौं घर भत्किएका छन्। बिजुलीका पोल ढलेका छन्। सडकमा रूख ढलेका छन्। बालीनाली नष्ट भएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ।
अहिलेसम्म उडिसामा ३ र पश्चिम बंगालमा १ जनाको मृत्यु भएको छ।पश्चिम बंगाल सरकारले १ करोड मानिस प्रभावित भएको जनाएको छ। छिमेकी झारखण्ड राज्यमा पनि आँधीको प्रभाव परेको छ।
यो आँधी अब उत्तर-पूर्व हुँदै अघि बढ्ने र क्रमश: कमजोर हुँदै जाने बताइएको छ।
यास आँधीकै प्रभावले नेपालमा पनि बिहीबार सुदूरपश्चिमबाहेक देशैभरि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो आँधीको प्रभावले शनिबारसम्म नेपालको मौसम प्रभावित हुनेछ।









