इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमदान सुरू भएको एक साता भएको छ। हरेक शुक्रबार रोजा बसेकाहरू विभिन्न बस्जिदमा गएर प्रार्थना गर्ने गर्छन्। यसैबीच काठमाडौंको घण्टाघरस्थित काश्मिरी तकिया नेपाली जामे मस्जिदमा पनि बाक्लो संख्यामा मुस्लिम धर्मावलम्बीहरू जाने गर्छन्।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले मस्जितमा पनि नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्देशन दिएको छ। यसैबीच जामे मस्जितले आज हुने प्रार्थनाका लागि बिहान साढे ११ बजेसम्म आउनेलाई मात्र प्रवेश दिएको थियो। बाँकीलाई फर्काएको थियो।
रमजान हिजरी संवतको नवौं महिनामा पर्ने मुसलमानहरूको ठूलो पर्व हो । यो महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मान्यता राखिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।
रोजा बस्दा बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गरिन्छ । यो पर्वमा दान दिनु, सेवा गर्नु, जकात निकाल्नु जस्ता काम गरिन्छ । हेर्नुहोस् तस्बिरमा












