नाग र नागिनीको आत्मा शान्तिको कामना गर्दै शुक्रबार टोखावासीले बिस्काः जात्रा मनाएका छन्।
राजधानीमा मनाइने गरेको हिन्दूहरूको पर्व बिस्का जात्राको अवसरमा शुक्रबार टोखामा विभिन्न देवीदेवताका खटहरू नगर परिक्रमा गरिएको छ। साथै रथहरू पोखरीमा लगेर नचाइ नगर परिक्रमा गरिएको थियो।
जात्राको अवसरमा विधिपूर्वक पूजाआजा गरी सिँगारिएको सपन द्यः, चण्डेश्वरी, महादेव, सरस्वती, कोथु गणेश, थठु गणेश र मसानकाली -इन्द्रायणी) को प्यागोडा शैलीमा निर्मित छानो भएका खटलाई सिन्दुर जात्रा गर्दै नगर परिक्रमा गराइन्छ।
लिच्छविकालिन संस्कृति र परम्परा बोकेको मानिएको टोखाको सपन तीर्थ मेला र विस्केट जात्रा गत वर्ष स्थगित भएको थियो।
हेर्नुहोस् तस्बिरमा





















