४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार स्वदेश आइपुगेका छन्।
कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका हुन्।
उनलाई अब त हामी नेपाल आइयो नि भन्दा यति मात्रै भने- हो।
चार दशकपछि स्वदेश फर्किँदा पनि उनी मौन थिए। जेलबाट छुटेका तिम्सिनाले आफ्नी आमाका लागि मिठाइ बोकेका छन्।
ह्याम रेडियो अपरेटरहरूको पश्चिम बंगाल रेडियो क्लबका प्रतिनिधिले उनकी ८६ वर्षीया आमाका लागि मिठाई पठाएका हुन्।
तस्बिरहरू: