महोत्तरी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो भारतबाट महोत्तरी आउँदै गरेका पैदल यात्रीलाई चेकजाँच गर्दा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
प्रहरीले जलेश्वर नगरपालिका-३ स्थितबाट धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १८ वर्षीय किरणकुमारलाई पक्राउ गरेको हो।
दासबाट नाइट्रोभेट ३ पत्ता ४१ पिस ट्याब्लेट बरामद गरेको विष्टले बताए।
दासमाथि लागूऔषध मुद्दा दर्ता गरी महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।