यस वर्ष माघेसंक्रान्तिको अवसर पारेर नुवाकोटको तारुका गाउँमा गोरु जुधाइएको छ। हरेक माघेसंक्रान्तिका दिन किसानहरूले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन्।
गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलन व्यवस्थित गर्दै २०६२ सालदेखि एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिले जनाएको छ। विजेता गोरुका मालिकलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गरिन्छ।
हेर्नुस् तस्बिरहरूः









