बारामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका-३ गंगापुरकी ७५ वर्षीया वृद्धा रामसवारीदेवी कानुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनको सोमबार बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
अत्यधिक जाडो र शितलहरका कारण जाडो छल्न गएराति करिब १२ बजे आगो ताप्दै थिइन्। त्यहीक्रममा जलेर उनी गम्भीर घाइते भएकी थिइन्।
घाइते भएपछि उनलाई परिवारले उपचारको लागि अस्पताल पुर्याएका थिए।
तर बिहान उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ।