उखु किसानको बक्यौता रकम नतिर्ने दुई चिनी उद्योगका सञ्चालकविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मंगलबार अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी भएको हो।
उनलाई मंगलबार गृह मन्त्रालयको निर्देशन आएपछि नै पक्राउ पुर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार श्रीराम सुगर मिलका दुई जना सञ्चालकलाई पनि पक्राउ गर्न पुर्जी जारी गरेको छ।
श्रीराम सुगर मिलका हितेश गोल्छा र विशाल अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले जानकारी दिए।
'उनीहरू दुवै जनाविरूद्ध हामीले गृह मन्त्रालयको निर्देशन अनुसार पुर्जी जारी गरेका छौं,'उनले भने।
उनका अनुसार दुवै जना हाल काठमाडौंमा भएको बुझिएको छ।
काठमाडौंकै प्रहरीलाई पक्राउ गरिदिन निर्देशन दिएको प्रजिअ यादवले बताए।