प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकैको गोदाममा बिहीबार छापा मार्यो।
तीन तल्लाको उक्त घरका प्रायजसो कोठामा स्निकर्स चकलेट, ट्याङ जुस पाउडर, प्रिङ्गल्स ब्राण्डको चिप्स, ओरियो विस्कुट लगायत उत्पादन बाकसले भरिएका थिए।
तर सबैको डेट भने एक्सपायर भइसकेको थियो। विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले आयान डिस्ट्रिब्युटर प्रालिको कलंकीस्थित गोदाममा छापा मारेको हो। त्यसको मुख्य कार्यालय भने बाफलमा छ।
.JPG)
प्रहरीले म्याद गुज्रिसकेको सामाग्रीमा नयाँ मिति हालेर बेच्ने गरेको थाहा पाएपछि अनुसन्धान गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सहितको टोली पुगेको थियो।
विभागले गाेदाम घरका ११ वटा कोठा ‘सिल’ गरेको छ। जसमध्ये एक कोठामा उनीहरूले पुरानो मिति मेट्थे भने अर्को कोठामा नयाँ मिति हाल्थे। नयाँ मिति हाल्ने प्रिन्टिङ मेसिन पनि प्रहरीले बरामद गरेको छ।
केही कोठामा भने ‘ड्यामेज्ड आइटम’ भनेर समेत टाँसिएको थियो। आयाम डिस्ट्रिब्युटर प्रालि पुतलीसडक बस्ने ६३ वर्षीया पुष्पादेवी अग्रवालको नाममा दर्ता भएको छ।
यसलाई सञ्चालन गर्ने काम भने भारतस्थित राजस्थान घर भइ बाफल बस्ने रोनक बोथ्राले गर्थे।
.JPG)
बोथ्राले यसरी अवैध काम गरिरहेकोबारे भने पुष्पादेवी अग्रवाललाई जानकारी नभएको बताउँछिन्।
‘पहिले उनी मेरो छोरासँग डिलरको रूपमा काम गर्थे। उनले छोरालाई पनि धोका गरेर मेरो नागरिकताको प्रयोग गरेर दर्ता गरेका रहेछन्,’ अग्रवालले भनिन्, ‘मलाई यसबारेमा केही पनि थाहा थिएन।’
प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार थाहा नभएको बताएपनि उनको नाममा दर्ता भएको हुँदा अग्रवाललाई नियन्त्रणमा लिएको हो।
‘उहाँको नाममा दर्ता भएको छ। यसबारेमा थाहा नहुने कुरा हुन्न,’ कार्कीले भने, ‘हामीले उहाँकै नाममा दर्ता भएको कारणले नियन्त्रणमा लिएका हौं। अरू कुरा अनुसन्धानबाट खुल्दै जान्छ।’
.JPG)
अहिले प्रहरीले अग्रवाल, बोथ्रा, रौतहटका गोदामका स्टोरकिपर पप्पु ठाकुर, अकाउन्टेन्ट मुन्ना ठाकुर र महोत्तरीका श्यामप्रसाद सिंहलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै काममा सघाउने कपुरधारधा बस्ने श्यामप्रसाद सिंह, कुलेश्वर बस्ने रामबहादुर बयलकोटी कलंकी बस्ने सिताराम उपरकोटी र बाफल बस्ने दिलिप थापा मगरलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उक्त काम दुई वर्षदेखि सञ्चालन हुँदै आएको थियो। अहिलेसम्म उनीहरूले यसरी बजारमा कति सामाग्री पठाएका छन् भन्नेबारे एकीन छैन।
उनीहरूले मिति सकिएका सामाग्री भने काठमाडौं उपत्यकाका ठूला तथा साना पसलहरूबाट उठाउने गर्थे। ‘बजारमा बाँकी भएका स्टकहरू हुन्छन् जसको म्याद सकिन्छ। ती सामाग्रीहरू उसले ल्याउने, एक्स्पायर्ड डेट मेट्ने र नयाँ डेट हाल्ने गरेको पाइएको छ’ कार्कीले भने।
गोदाममा ल्याएका सामग्रीहरूमा उनीहरूले एक वर्षको मात्रै मिति थप्ने गरेका थिए। बिहीबार प्रहरीले छापा मार्ने क्रममा दुई वटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ।
.JPG)
प्रहरी त्यहाँ पुग्दा एउटा गाडीमा सामानहरू बजार पठाउन लोड गरिँदै थियो। त्यहीबेला प्रहरीले उक्त गाडीलाई रोकेको थियो। त्यस्तै प्रहरीले भित्र सोधपुछ गर्दै गर्दा फेरि अरु २ गाडी पनि फेला परे। यी गाडीमा मिति सकिएको, सकिनै लागेका उत्पादन थिए।
त्यस्तै बिहीबार नै विभागले बोथ्राको बाफलस्थित मुख्य कार्यालयमा पनि सिल गरेको छ। बोथ्राले प्रहरीलाई बताएअनुसार उक्त घरमा कुनै अवैध कारोबार गरिएको छैन।
तर प्रहरीले उक्त घरबाट पनि मिति सकिएको सामग्री बरामद गरेको छ। त्यहाँबाट प्रहरीले कस्मेटिक सामान बरामद गरेको छ। अनुसन्धान गर्न बोथ्राको ल्यापटप पनि बरामद गरिएको छ।
बोथ्राले आफूले अवैध कारोबार गरिरहेको स्वीकारेका छन्। यस कामबारे अरू कसैलाई थाहा नभएको समेत बताएका छन्। उनीहरूलाई विभागले नै हिरासतमा लिई अनुसन्धान गर्ने सक्ने निर्देशक सागर मिश्रले बताए।
मिश्रका अनुसार उनीहरूमाथि लेबलिङ गरेको र अखाद्य वस्तु बिक्री वितरण गरेको मुद्दामा अनुसन्धान अघि बढ्नेछ। कानुन अनुसार उनीहरूलाई तीन महिनादेखि १ वर्षसम्मको कैद र एक देखि तीन लाख सम्मको जरिवाना हुन सक्नेछ।
प्रहरीले अरू पनि यस्तै गोदाम हुन सक्ने भन्दै थप अनुसन्धान अघि बढाएको छ।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
सबै तस्बिर: नारायण महर्जन/सेताेपाटी