कर्णाली प्रदेशमा शुक्रबार १ सय जनामा कोरोना पुिष्ट भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा १ सय जनामा कोरोना देखिएको हो।
पोजेटिभ देखिएकामध्ये ९१ जना दैलेखका मात्र छन्। बाँकी सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १ जना पुरुष, जुम्लाको चन्दननाथ नगरपालिका–३ का ३ पुरुष, हुम्लाको चंखेली गाउँपालिका–३ का १ पुरुष र जाजरकोटको भेरी नगरपालिका–१० का १ पुरुष छन्।
जाजरकोट र हुम्लामा पहिलो पटक कोरोना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा बाग्मती प्रदेशका ३ जनामा कोरोना पुष्टि भएको छ। जसमा दोलखाको तामाकोशी गाउँपालिका–५, रामेछापको दोरम्बा गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–२ का १/१ जना पुरुष छन्।
दैलेखका संक्रमितमध्ये दुल्लु नगरपालिका–१ का ६ जना पुरुष, वडा नम्बर २ का ५ जना पुरुष, वडा नम्बर ३ र ४ का ३/३ जना पुरुष, वडा नम्बर ५ का १ जना पुरुष, ६ का ४ जना पुरुष, वडा नम्बर ७, ८, ९, १० र १२ का १/१ जना पुरुष छन्।
यस्तै महाबु गाउँपालिका–१ का ६ पुरुष र १ महिला, वडा नम्बर २ का ३९ पुरुष र २ महिला, वडा नम्बर ३ का ४ पुरुष, ४ का ६ पुरुष, ५ का २ पुरुष, वडा नम्बर ६ का ४ पुरुष छन्।