लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन्। उनीहरूलाई प्राथमिकताको आधारमा फिर्ता ल्याइएको हो।
सरकारले लकडाउन जारी गरेको ७० दिन कटेपछि विदेशमा रहेका स्वदेशी आएका हुन्।
शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन्।
विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो। म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो।
आजै युएईबाट नेपालीहरू नेपाल आउँदैछन्। अब उनीहरूलाई राजधानीमा विभिन्न ठाउँमा बनाइएको होल्डिङ सेन्टरमा राखिने छ। त्यहाँ बस्दा भने सरकारले नै उनीहरूको खर्च व्यहोर्छ।
उनीहरूलाई सिम कार्ड वितरणदेखि कोभिड-१९ कार्यविधिबारे जानकारी गराइने छ। त्यसपश्चात उनीहरूलाई आजै काठमाडौंको एक होटलको क्वारेन्टाइन राखिने छ।
उनीहरूलाई कसरी व्यवस्थापन गरिने भन्ने आज कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले छलफल गर्नेछ।
तस्बिरहरू: