दैलेखमा एकै दिन ११३ जना कोरोना संक्रमित थपिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा १०५ जना र सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा मुगुको खत्याड गाउँपालिका–२ का एक जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
थपिएका संक्रमितमध्ये नारायण नगरपालिका–१ का १ जना पुरुष, वडा नम्बर २ का २० जना पुरुष, एकजना महिला, वडा नम्बर ३ का १४ पुरुष, १ जना महिला रहेका छन्।
वडा नम्बर ५ का ६ जना पुरुष, वडा नम्बर ६ का ११ पुरुष, ३ जना महिला वडा नम्बर १० का ५ जना पुरुष रहेका छन्।
यस्तै नौमुले गाउँपालिका–१ का २ र २ का ३ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
यसैगरी स्थानीय तह नखुलेका दैलेखकै साविक बाँस्कोट गाउँका १ जना पुरुष, भगनीका ५ जना पुरुष, देवलकाँडाका १२ जना पुरुष, साडुका २ पुरुष र सोताका ९ जना पुरुषमा कोरोना संक्रमण देखिएको डा. तिवारीले जानकारी दिए।