आइतबारसम्म नेपालमा ८ हजारको कोरोनाभाइरस (कोभिड-१९) परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ हजार ७१ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएको हो।
८ हजारको परीक्षण गर्दा संक्रमित हुनेको संख्या ३१ पुगेको छ। जसमा तीन जना निको भएर घर फर्किएका छन् भने २७ जना आइसोलेसनमा छन्।
हिजोमात्र दुईजना निको भएर घर फर्किएका छन्। फ्रान्सबाट फर्किएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बेल्जियमबाट फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिला निको भएर घरमा छन्।
यस्तै अहिलेसम्म र्यापिड डाइग्नोस्टिक टेस्टबाट १९ हजार ४ सय ५४ जनको परीक्षण गरिएको छ। सरकारले संक्रमतिको संख्या बढेसँगै परीक्षणको दायरालाई बढाएको हो। स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्लामा र्यापिड टेस्ट बाट परीक्षण गरिएको जनाएको छ।