एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार एम्बुलेन्समा ६ पुरुष थिए।
जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना लौकी नजिकै भएको हो।
शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किँदा एम्बुलेन्समा सवार ६जनाको मृत्यु भएको हो।
घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ। उनले दुबै सवारीसाधन ७०-८० किमीप्रतिघण्टाको गतिमा हुनुपर्ने बताए।
उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो।
उनले मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए।
एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो।
मृतकहरूको पूरा परिचय खुलीनसकेको प्रवक्ता शर्माको भनाइ छ।
(समाचारमा ६ जना हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ-सम्पादक)