पोखराको चिप्लेढुंगामा चोकको सडक भासिएको छ।
पोखरा–४ चिप्लेढुंगाको बीपीको शालिक पछाडिको बीच सडक शनिबार बिहान भासिएको हो। सडकमाथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको छ।
डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडा अध्यक्ष शंकर बाँस्तोलाले बताए।
खानेपानीको पाइपबाट पानी लिक भएको र पानीकै कारण भासिएको उनले बताए। भासिएको सडक हेर्न सर्वसाधारणको भीड लागेको छ।
पोखरामा शुक्रबार दिउँसो ८३ मिलिमिटर वर्षा भएको थियो। पोखराका ठाउँमा जमिन भासिने गरेको थियो।




