नेपाली महिलाले समाज र राजनीतिका विभेदकारी व्यवस्थाका विरूद्ध इतिहासका धेरै कालखण्डमा बोले। २००७ सालको क्रान्ति, पञ्चायतविरूद्धको लडाइँ, २०४७ सालको अन्दोलन, माओवादी 'जनयुद्व' र २०६२/६३ को आन्दोलनमा धेरै महिला अग्रपंक्तिमै उभिए।
अहिलेको समाज र राजनीतिक व्यवस्था पहिलेकोभन्दा धेरै बदलिएको छ। तर, अझै पनि समाज र राज्य महिलाको चित्त बुझ्ने गरी बदलिएको छ त? महिलाको स्वतन्त्र पहिचान हुन्छ भनेर समाज र राज्यले स्वीकार गरेको छ त? अहिलेका युवा महिलाले आफ्नो समाज र राज्यसँग चित्त बुझाउने अवस्था छ त?
सेतोपाटीले महिलाको आत्मसम्मान र उनीहरूका अधिकारका पक्षमा निरन्तर लेखिरहने लेखक सावित्री गौतम, अर्की लेखक दुर्गा कार्की, अधिवक्ता रेशु अर्याल ढुंगाना, बलात्कार विरूद्ध अभियानमा स्वतन्त्र हिसाबले लागिरहेकी लुना भट्टराई, रीता बरामुलगायत १२ जनासँग तपाईंलाई नेपाली समाजका के कुरा मन पर्दैन भनेर प्रश्न सोधेको छ।
तपाईंलेपनि महिला भएको नाताले समाजसँग चित्त नबुझेका कुरा अडियो र भिडियोमा रेकर्ड गरेर हामीलाई setopati@gmail.com मा पठाउन सक्नुहुन्छ। हामी आउने हप्ताभरी तपाईंले पठाएका भिडिओ र अडियो सेतोपाटीमा राख्ने छौं।
हेर्नुहोस् माथि भिडियोमा।
यो पनि हेर्नुहोस्
नेपाली समाजसँग हामीलाई के चित्त बुझ्दैन?(भिडियो रिपोर्ट- २)