प्रहरीले काठमाडौंमा हुने चोरी र पाकेटमारी नियन्त्रण गर्न ब्यापक प्रहरी परिचालन गरेको छ।
दसैँको मौका छोपेर पाकेटमारी तथा चोरीका घटना बढ्नसक्ने भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले प्रयाप्त प्रहरी परिचालन गरेको हो।
परिसले दिनको समयमा ९० जना र रातको समयमा १ सय ६० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको जानकारी दिएको छ।
प्रहरीले गएको एक सातामा २२ पाकेटमार र १२ जना चोरीमा संलग्न ब्याक्ति पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले सेतोपाटीलाई जानकारी दिए।
दशैंमा धेरैले काठमाडौं छाडेर बाहिर जाने भएको र सोही बेला भिडभाडको मौका छोपी चोरी लुटपाट तथा पाकेटमारी जस्ता आपराधिक गतिविधि हुने भन्दै ब्यापक मात्रामा प्रहरी परिचालन गरेको प्रवक्ता बोगटीले बताए।
सोतोपाटीसँग कुरा गर्दै प्रवक्ता बोगटीले भने, ‘काठमाडौंमा एक साता भयो एउटा पनि चोरीको घटना भएको छैन। चोरी हुन नदिन हामीले २४ घण्टा प्रहरी परिचालन गरेका छौं।’
उनका अनुसार काठमाडौंमा रातको समयमा १ सय ६० जना सादा पोसाकका प्रहरीमात्र परिचालित छन्।
‘तीन जना प्रहरी निरीक्षको नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क, महाराजगंज, गौशाला, कोटेश्वर, बल्खुलगाएका क्षेत्रमा राति १२ बजेदेखि बिहान ६ सम्म १६० जना सादा पोशाकका प्रहरी परिचालित हुन्छन्,’ प्रवक्ता बोगटीले भने, ‘एम्बुस् चेकिङ, सर्वराजईज चेकिङ हुन्छ, त्यसैले होला काठमाडौंमा चोरी पाकेटमारीका घटना भएका छैनन्।’
त्यसैगरी प्रहरीले काठमाडौंमा चल्ने बस भित्र हुने पाकेटमारी नियन्त्रण गर्न सार्वजानिक बसमा पनि प्रहरी खटाउने गरेको छ।
चक्रपथ तथा विभिन्न क्षेत्रमा चल्ने बसमा १ देखि ३ जनासम्म सादा पोशाकका प्रहरी परिचालान गरिएको प्रवक्ता बोगटीले जानकारी दिए।
दशैंमा घर जानेको भीड हुने काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर माछापोखरी, बल्खुलगाएतका क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको प्रवक्ता बोगटीले जानकारी दिए।
त्यसैगरी सुन पसलहरू, बैक तथा वित्तिय संस्थामा आवश्यता अनुसार प्रहरी परिचालन गरिएको पनि उनले बताए।
काठमाडौंमा हुने संगठीत जुवातास नियन्त्रणमा पनि प्रहरीले मातहतका कर्मचारीलाई निगरानी राख्न परिसरले निर्देशन दिएको छ।
‘काठमाडौंको सुरक्षा ब्यवस्थालाई मजबुद पार्न हामीले विभिन्न उपाए अपनाएका छौ,’ परिसरका एसपी अशोक सिंहले भने, ‘दशैं तिहार सुरक्षा ब्यवस्था लागू भइसकेको छ, त्यसको रिजल्ट राम्रौ छ, हामी यसलाई थप मजबुद पार्ने छौ।’
काठमाडौंको सीमा जोडिएका जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सीमा क्षेत्रमा हुने सुरक्षा तथा अवैध चोरी निकासी रोकथाम गर्न पनि विषेश योजना बनाएर काम अघि बढाइएको उनले बताए।
‘हामी रातदिन फिल्डमै हुन्छौं, परिसर प्रमुखज्यू पनि फिल्डमै खटिनुभएको छ, सुरक्षा ब्यवस्था मजबुद छ ढुक्कले दशैं माने हुन्छ,’ उनले भने।
त्यसैगरी प्रहरीले बिगतमा सजाय भोगेर घर गएकालाई पनि निगरानी बढाएको छ।
‘दशैंका बेला पैसाका निम्ति ब्यापारीलाई दुःख दिने काम हुन सक्छ, हामी त्यसमा सजक छौं, त्यो कुरा कतै नहोस भन्न पहिला हामीले आफ्ना कर्मचारीलाई सचेतसमेत गरेका छौं,’ एसपी सिंहले भने।
यो पनि हेर्नुहोस्