त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित ५ जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलवार पनि विमानस्थल प्रहरीले ३ किलो अवैध सुन सहित पाँच जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
मंगलबार थाई एयरलाइन्सको फ्लाइट नम्वर टिजी ३२० विमानबाट बैंकक हुँदै काठमाडौं आउँदै गरेका ५ जना भारतीय नागरिकको साथबाट ३ किलो ६६ ग्राम भन्सार छलीको सुन बरामद भएको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
पक्राउ पर्नेहरुमा भारतीय नागरीक अमृत पल सिंह, ईश्वर दास, अवतार सिंह, हरमिन्द्र सिंह र रिजवत अन्सारी छन्।
उनीहरुले सुन सुटकेको पाङग्रा भित्र लुकाएर ल्याएको एसपी मैनालीले जानकारी दिए।
प्रहरीले बरामद गरेको सुनको मूल्य १ करोड ४७ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।
यसअघि शनिबार पनि बिमानस्थलमा भन्सार छलिको साढे २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए।