सशस्त्र प्रहरीको लाठी प्रहारबाट जुम्लामा डाक्टर र नर्स घाइते भएका छन्। डाक्टर गोविन्द केसी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र जान सशस्त्र प्रहरीले लाठी चार्ज गरेको हो। अन्धाधुन्ध लाठी चार्ज गर्दै २ गाडीमा आएका सशस्त्र प्रहरी अस्पतालभित्र छिरेका छन्।
२० दिनदेखि अनसनरत डाक्टर केसीलाई कुनै पनि हालतमा लिएर जाने भन्दै सशस्त्र प्रहरीले जथाभावी लाठी प्रहार गरी भित्र प्रवेश गरेका हुन्।
ठूलो मात्रामा उपस्थित भएका सुरक्षाकर्मीले विद्यार्थी, डाक्टर र स्थानीयको अवरोध तितरवितर पारेर भित्र प्रवेश गरेका हुन्। प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन्।
यद्यपी भित्र विद्यार्थीले मुल गेटमा साँचो लगाएर बसेका छन्।
यस्तै अस्पताल परिसरमा प्रवेश गरेको सुरक्षाकर्मीको टोलीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरवितर पारिरहेका छन्।

