सुन प्रकरणमा प्रहरीको खोजीमा रहेका रमेश उप्रेती पक्राउ परेका छन्।
दुबई प्रहरीले दुई साताअघि उनलाई पक्राउ गरेको हो।
आबुदावी प्रहरीले पक्राउ गरी इन्टरपोल प्रहरीलाई बुझाएको छ।
स्रोतले दिएको जानकारी अनुसार आवश्यक कागजपत्र मिलाएर उप्रेतीलाई केही समयपछि नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ।
प्रहरी नियन्त्रणमा रहेका उप्रेती ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेतीका भाइ हुन्।
उनी दुबईमा बसेर सुन तस्करी गर्दै आएको अदालतमा अभियुक्तले दिएको बयानमा खुलेको छ।