ललितपुरमा प्रहरीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली चलाएको छ।
विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको महानगरीय आयुक्त डिआईजी मनोज न्यौपानेले जानकारी दिए।
विभिन्न अपराधमा पक्राउ पछि व्यापारीलाई धम्काउँदै आएका लामालाई महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको हो। गोली लामाको खुट्टामा लागेको छ।
दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।
प्रहरीको फरार सूचीमा रहेका ३८ वर्षीय लामासँग जम्काभेट भइ चेक गर्ने क्रममा प्रहरीमाथिनै आक्रमण गरेकाले गोली चलाएर नियन्त्रणमा लिइएको सिंहले जनाकारी दिए। उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरी्ले जनाएको छ।
लामा ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेको प्रहरीमा गुनासो थियो। लामाको नाममा यसअघि ज्यान मार्ने उद्योग र सार्वजानिक अपराधमा मुद्दा चलेको थियो
गुण्डागर्दीमा संलग्न दावा लामाको सहयोगीसमेत रहेका लामाले मिटरब्याजमा लगानी गर्ने गरेका थिए।