३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घले आफू सुन तस्करीमा नरहेको जिकिर गरेको छन्।
आइतबार जिल्ला अदालत मोरङमा उपस्थित भएका डेविटले आफू गोरले भनिएको डेविटसमेत नभएको बताएका हुन्।
‘अभियोग पत्रमा लेखिएको डेविट म होइन। म पोखरमा थिएँ र समाचारमा आएपछि परिवारको प्रेसरले मात्र अदालतमा उपस्थित भएको हुँ,’ उनले भने।
अदालतमा तपाई हालसम्म कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्नमा डेविटले पोखरामा जग्गाको कारोबार गरेर बसेको समेत बयान दिएका छन्।
डेविट सुन तस्करीमा पक्राउ परेका भुजुङ गुरूङका नाता पर्ने भिनाजु भएको बताएका छन्।
कामको सिलसिलामा गुरूङसँग चिनजान भएको बताएका हुन्। तरपछि हाइड्रो पावरको शेयर किन्ने विषयमा सामान्य मनमुटाव भएको समेत बताएका छन्।
अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा १० पृष्ठ लामो बयान दिँदै डेविटले अभियोग पत्रमा आफूलाई प्रतिवादी बनाई पनि कसैलाई नचिन्ने बयान दिएका हुन्।