तस्करीको ३८ सय किलो सुन भित्र्याउन मुख्य भूमिका लेखेको अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीका नाममा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ।
तस्करीको ३३ किलो सुन र सनम हत्याकाण्डको छानबिन गर्न समिति बनेपछि फरार एसएसपी खत्री देश बाहिर भएको सूचना पाएपछि मोरङ प्रहरीको आग्रहमा नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोल मुख्यालयलाई अनुरोध गरेको थियो।
एसएसपी खत्रीसँगै गोरेका भाई रमेश उप्रेती र तस्करीको सुन मालिक भनिएका मोहनकुमार अग्रवालको नाममा पनि डिफ्यूजन नोटिस जारी भएको छ।
डिफ्यूजन नोटिस जारी भएपछि उनीहरु अब १ सय ९२ देशको प्रहरी खोजीको सूचीमा हुनेछन्।
उनीहरू जहाँ भेटियो त्यहीको प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएर नेपाललाई खबर गर्छ। त्यसपछि प्रक्रिया पुर्याएर उनीहरुलाई सम्वन्धीत देशमा फिर्ता पठाउने प्रचलन छ।