अष्ट्रेलिया जाने विद्यार्थीलाई एकदिनमै ‘अफर लेटर’


ग्लोबल काठमाडौं कन्सल्ट मीनभवनमा बुधवारदेखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डिरेक्टर दिप्तीमान बेहेरा र ग्लोबल कन्सल्ट सिड्नीका चेयरम्यान एवं प्रसिद्ध माइग्रेसन एजेन्ट योगेन्द्र पौडेलले शैक्षिक परामर्श प्रदान गरे।

मेलामा एक्सेलसिया कलेजमा उपलव्ध विजनेश, साइकोलोजी काउन्सिलिङ, ड्रामा म्युजिक र चाइल्ड केयर विषयमा परामर्श दिइएको थियो।

एक महिनासम्म संचालन हुने ‘एड्मिसन मन्थ’ प्रोग्राम अन्तर्गत अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले परामर्श दिने कार्यक्रम छ।

शैक्षिक मेला अवधिभर कतिपय कलेजले एकै दिनमा अफर लेटर उपलव्ध गराउने योजना रहेको ग्लोबल काठमाडौं कन्सल्टले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.