यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको जहाज

दुर्घटनाग्रस्त मकालु एयरको जहाज। तस्बिर: सेतोपाटी


हुम्लामा दुर्घटना भएको मकालु एयरको जहाज क्षतविक्षप्त अवस्थामा भेटिएको छ।

जहाजको पहाडमा ठोक्किएर दुर्घटना भएको हो।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको थियो।

‘नाइन एन एजेयु’ कलसाइन रहेको जहाज सामान लिएर सुर्खेतबाट हुम्ला प्रस्थान गरेको थियो।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो।

चालक दलका दुबै सदस्यको मृत्यु भएको छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.