अवैध २० लाख रुपैयाँसहित प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले सोल्टीमोडबाट चितवनका रमेश सापकोटालाई पक्राउ गरेको हो।
बा १३ च ५६०२ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा उनको साथबाट २० लाख रुपैयाँ स्रोत नखुलेको अवस्थामा पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ।
सापकोटाले बरामद रकमको स्रोत देखाउन नसकेका कारण नियन्त्रणमा लिएको र सोको बारेमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोेहन थापाले जानकारी दिए।