२५ सय ६२ औँ बुद्धजयन्ती सोमबार राजधानीसहित मुलुकका विभिन्न भागमा शान्तिका अग्रदूत गौतम बुद्धको सम्झना गरी मनाइएको छ।
शान्तिका अग्रदूत गौतम बुद्धको सम्झनामा सोमबार नेपालका साथै विश्वका विभिन्न मुलुकमा बुद्ध जयन्ती मनाइएको छ। बुद्ध धर्मावलम्बीहरूले भगवान बुद्धको पूजाआराधना गरी बुद्ध जयन्ती मनाएका हुन् ।
२५ सय ६२ औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी तथा काठमाडौंको स्वयम्भुनाथ, बौद्ध गुम्बा लगायत स्थानमा श्रद्धालुको भीड लागेको छ। श्रद्धालुले गौतम बुद्धको सम्झनामा बुद्धका शान्ति सन्देशहरूको स्मरण तथा पाठ गरेका छन्। अहिंसा परमो धर्म गौतम बुद्धको महामन्त्र हो ।
२५ सय ६२ वर्षअघि वैशाख पूर्णिमाका दिन लुम्बिनीमा भगवान गौतम बुद्धको जन्म भएको थियो। गौतम बुद्धले वैशाख पूर्णिमाकै दिन बोधिज्ञान प्राप्त गरेका थिए।
बौद्ध दर्शनको मूल मर्म संसारमा दुःख छ, दुःखको कारण छ र आर्य अष्टाङ्गी मार्गमार्फत् दुःखको निवारण हुन्छ भन्ने हो। यसैबीच बुद्ध जयन्तीको साँझ बौद्धस्थित स्तुपा यस्तो देखियो









