‘अन्नवाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेल उभौली पर्व सोमबारबाट मनाउन सुरु गरेका हुन । भूमी, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेका छन । यस वर्षको अवसरमा साकेला नाँच पनि नाच्ने गरिन्छ ।
अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस भन्ने कामनाका साथ प्रकृतिलाई पूजागरी यो पर्व मनाउने गरिएको किराँत समूदायले बताएका छन । प्रकृतिलाई पुजाआजा गरे बालीनाली सप्रने किराँत समूदायको धार्मिक विश्वास रही आएको छ । साकेला थानमा पितृभूमिको पुजाआजा गरेपछि साकेला गितको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् बैशाख र अन्नबाली भित्रयाउने बेला मंसीर पूर्णिमामा २ पटक दुई महिनासम्म मनाउने चलन छ ।
यसै अवसरका किराँत समुदायहरुले आपसमा सुःख, शान्ति र समृद्धिको कामनासहितको शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन । नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किराँत समुदायमा पर्दछन । उनीहरुले आफ्नो इतिहासलाई जोगाई राख्न पनि यो पर्वलाई भव्य रुपमा मनाउने गरिएको बताएका छन ।
https://www.facebook.com/setopati/videos/1873787182691846/