बिहीबार राति चिप्लिएर त्रिभुवन विमानस्थलको चौरमा पुगेको मालिन्दो एयरको जहाजलाई फलामे डोरी (लठ्ठा) ले पार्किङ वे ल्याउने प्रयास जारी छ।
जहाज रनवेबाट झन्डै ४० मिटर पर चौरमा पुगेको छ। बिहान १० बजेसम्म जहाजलाई २ फिट जति तानिएको छ।
विमानस्थल प्रशासनले मध्यान्ह १२ बजेसम्म जहाज पार्किङ वेमा ल्याउने जनाएको छ।
विमानस्थलमा फलाम डोरी नभएकाले राति नै जहाज तान्ने काम सुरू हुन सकेको थिएन।
नेपाली सेनासँग भएको फलामे डोरी ल्याएर दुइटा पुस ब्याक ट्रकको सहायताले जहाज तान्ने काम भइरहको छ।
नेपाली सेनासँग भएको फलामे डोरी ल्याएर दुइटा पुस ब्याक ट्रक, दुइटा क्रेन र दुइटा जेसिबीको सहायताले जहाज तान्ने काम भइरहको छ।
जहाज तान्न नेपाली सेनाका ७०, नेपाल प्रहरीका ३० र नेपाल वायु सेवा निगमका ३० जना परिचालन गरिएको छ।
चौरमा पुगेको जहाजको एक पांंग्रा पङ्चर भएको छ। त्यही पांग्रा हिलोमा पनि भासिएको छ। विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीले जहाजलाई सुरक्षित तवरले पार्किङ वेमा ल्याउने प्रयास भइरहेको बताए।