नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज(बुधवार) पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन्।
उनले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गर्ने भएका हुन्।
प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई विद्यालयमा भर्ना गर्नेछन्। प्रचण्डको अभिभावकत्वमा दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन्। मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो।
सरकारले यसअघि प्रधानमन्त्रीदेखि वडाअध्यक्षसम्मले विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको थियो।