मोटरसाइकलसहित हराएका व्यक्ति फेवातालमा मृत फेला


दुई दिनदेखि मोटरसाइकलसहित हराएको एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन्।

वैशाख २ गतेदेखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ वर्षीय नविन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो। उनको पर्सबाट नबिन श्रेष्ठ नाम गरेको लाइसेन्स भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए।

उनी हराएको भन्दै दुई दिन अगाडि तनहुँ प्रहरीमा निवेदन परेको प्रवक्ता खड्काले बताए। तालमा माथि तैरिएको शवलाई रेस्क्यू टावर फेवातालको उद्वार टोलीले निकालेको थियो।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.