किशोरी मृतावस्थामा फेला


स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन्।

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

‘उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला’, उनले भने।

घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.