महानगरीय अपराध महाशाखा‍ प्रमुखमा धीरजप्रताप सिंह

सि‌ंहको एसपी हुदाँको तस्बिर


एसएसपी धीरज प्रताप सिंहले महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको जिम्मेवारी पाएका छन्।

प्रहरी संगठनमा जुझारू, इमानदार र कुशल अधिकृतका रुपमा पहिचान बनाएका सिंह यसअघि प्रदेश एकाई प्रहरी कार्यालय (वाग्मती अञ्चल प्रहरी प्रमुख) को जिम्मेवारीमा थिए।

वैशाख २ गते मन्त्रिस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरूवा गर्ने निर्णय गरेको हो।

दाङमा प्रहरी प्रमुख (एसपी) छदाँ उनले अफिम खेतीबिररुद्ध अभियान, नक्काली सिम प्रयोग गरि लूटपाट गर्ने ग्याङको सफाया गर्नेदेखि लिएर गुन्डागर्दी बिरुद्द आपरेशन संचालन गरेर शान्ति सुव्यवस्था कायम गर्नेमा ठूलो योगदान पुर्याएका थिए ।

दाङमा छदै एसपीबाट एसएसपीमा बढुवाभएर सरुवा भएर उनी तत्कालिन वागमती अञ्चल प्रहरी प्रमुख बनेका थिए।

दाङ जानु भन्दा पहिलो उनी पर्सा प्रहरी प्रमुख थिए। नेपालको प्रमुख व्यापारिक नाकाबाट हुने सुन तस्करदेखि अवैध सामानको ओसारपसार विरुद्ध सक्रिय रुपमा अपरेशन सञ्चालन गरेका थिए। एसपी धीरज भनेपछि अवैध कारोबार गर्नेको सातो जाने वातावरण बनेको थियो वीरगंजमा। धेरै हदसम्म तस्करीको धन्दा पनि नियन्त्रण भएको थियो।

प्रहरी संगठनमा चरम राजनीतिकरण र गुटबन्दी सक्रिय रहेका बेला नागरिकको जीऊ धनको सुरक्षा र शान्ति र अमनचैन कायम गर्न सधै लागि पर्ने सिंह महानगरीय प्रहरी अपराध महाशाखाका लागि उपयुक्त पात्र भएको भन्दै गृह मन्त्रालयले उनलाई पठाएको हो।

हत्या, हिंसा र संगठित अपराधविरुद्द सक्रियतापूर्वक अभियान चलाउन अनुभव बटुलेका सिंहका लागि काठमाडौमा शान्ति सुरक्षा अवस्था सुदृढ़ बनाउन चुनौती रहेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.